कैलाली कारागारमा कैदीबन्दी र कर्मचारी बीच कुटाकुट, १६ जना सरुवा

शेयेर गर्नुहोस

धनगढी । जिल्ला कारागार कैलालीमा कैदीबन्दी र कर्मचारीबीच कुटाकुट भएको छ । जेठ २२ गतेका दिन कैदीबन्दीहरूसहित कारागारका कर्मचारीबीच कुटाकुट भएको हो ।

कारागार स्रोतका अनुसार लम्कीका भुपेन्द्र बडुवालको हत्या प्रकरणमा कैद भुक्तान गरिरहेका ’किलर ग्याङ’सहितका कैदीहरू र चौकीदारहरूबीच कुटाकुट भएको हो ।

कुटाकुटमा परि कारागारका आउटडोर चौकीदार सन्तोषकुमार शाही र खगेन्द्र बम लगायतका केही कैदीहरू पनि घाइते भएका थिए ।

सो घटनापछि हिजोमात्रै १६ जना कैदी र केही कर्मचारीलाई जेलबाट हटाइएको छ । उनीहरूलाई भैरहवा, नेपालगन्ज र नवलपरासी लगायतका जिल्लाका कारागारमा सारिएको हो । तर भुपेन्द्र हत्याकाण्डका अभियुक्तहरू भने कैलाली कारागारमै छन् ।

जिल्ला प्रशासन कार्यालय कैलालीका प्रमुख सिडिओ युवराज कट्टेलले भने २२ गते त्यस्तो घटना भएको र त्यहीँ बेला त्यहाँको चौकीदार मानबहादुर खड्कालाई सरुवा गरिएको बताए ।

ताजा खबर

कैलाली सीमा नाकाबाट लागू औषध सहित २ जना पक्राउ

कैलालीमा लागू औषध सहित ३ जना पक्राउ

कैलालीको टीकापुरबाट लागूऔषध सहित एकजना पक्राउ

कैलालीका सीमा नाकामा प्रहरीको कडाई

amazed