सुदूरपश्चिममा विपत्तिका घटनाबाट एक वर्षमा ८५ को मृत्यु

शेयेर गर्नुहोस

टीकापुर । सुदूरपश्चिम प्रदेशमा एक वर्षको अवधिमा प्राकृतिक विपत्तिका घटनामा परेर ८५ जनाले ज्यान गुमाएका छन् । २०७९ वैशाखदेखि २०८० असार मसान्तसम्म बाढी, पहिरो, चट्याङ लगायत विपतका घटनामा परेर ८५ जनाले ज्यान गुमाएका हुन् ।

प्रदेशको आन्तरिक मामिला तथा कानुन मन्त्रालयस्थित प्रदेश आपत्कालीन कार्यसञ्चालन केन्द्रका अनुसार मृत्यु हुनेमा ३४ पुरुष र ५१ जना महिला छन् । त्यस्ता घटनामा परेर १०२ पुरुष र ११६ महिला गरी २१८ जना घाइते भएका जनाइएको छ । पहिरोमा परेर २८, चट्याङ लागेर १४ जनाले ज्यान गुमाएका छन् ।

हिमपहिरोमा परेर नौ, बाढीमा आठ, भूकम्पमा सात जनाले ज्यान गुमाएका छन् । त्यस्तै आगलागीमा छ, जनावर आतङ्कमा छ, सर्पदंशबाट चार जनाले ज्यान गुमाएका जनाइएको छ ।

हावाहुरी, भारी वर्षा र अन्य कारणले एक एक जनाले ज्यान गुमाएका छन्। पहिरोमा एक र बाढीमा नौ गरी १० जना बेपत्ता, पहिरोमा परी १७, चट्याङ लागेर ५१, हिउँपहिरोका कारण दुई, बाढीका कारण १३, भूकम्पका कारण १२ जना घाइते भएका छन् । आगलागीमा ३०, जनावरको आक्रमण ६३, सर्पदंशबाट एक, हावाहुरीका कारण ७० र भारी वर्षाका कारण ७२ जना घाइते भएका जनाइएको छ ।

एक वर्षको अवधिमा प्राकृतिक विपत्तिबाट ९८२ घरपरिवार प्रभावित भएका छन्। २३२ घरमा आंशिक र २१९ घरमा पूर्ण क्षति भएको जनाइएको छ। प्राकृतिक विपत्तिका कारण ९५४ पशुचौपायाको ज्यान गएको छ ।

ताजा खबर

कैलाली जिल्लामा एक महिनामा लागूऔषधसहित ५०जना पक्राउ

सोमवार मध्यरातिदेखि मौन अवधि लागू, चुनावी प्रचार निषेध

कैलाली र कञ्चनपुरका बङ्गुरमा अफ्रिकन स्वाइन फिभर पुष्टि

कैलालीका सीमा नाका तीन दिन बन्द गरिने छः प्रशासन

amazed