शेयेर गर्नुहोस
अत्तरिया । डडेल्धुराको आलिताल गाँउपालिकामा एक युवति मृत फेला परेकी छन । डडेल्धुराको आलिताल गाँउपालिका ७ खिन्नेभाडीकी २१ वर्षीय नन्दा साँउद आज बिहान मृत फेला परेकी हुन ।
उनी घर नजिकै ५०० मिटर परको पहिरोमा खसेको अवस्थामा बिहान मृत फेला परेकी हुन । उनी घरबाट राति १२ः३० बजे हराएकी थिइन । रातभरि खोज्दा बिहान मात्रै पहिरोमा खसेको अबस्थामा शब फेला पारेको हो ।
उनी घरबाट बेपत्ता भएपछी संगै सुतिरहेकि बहिनी अनिताले घरका अन्य सदस्यहरुलाई खबर गरेपछि खोजि कार्य गरिएको थियो । चप्पल र चुन्नि पहिरोको डिलमा देखिएको हुदाँ घटना संकास्पद रहेको भन्दै सत्य तथ्य छानबिन हुनु पर्ने मृतकका बुवाको माग छ ।
यस सम्बन्धमा थप अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालयका प्रमुख मनोहर भट्टले बताए ।















