महेन्द्रनगरबाट भारतीय नागरिक कल बाइपास गर्दै, तीन जना पक्राउ

शेयेर गर्नुहोस

टीकापुर । भारतीय नागरिक कञ्चनपुरको महेन्द्रनगरमा बसेर कल बाइपास गर्दै आएका पाइएको छ । महेन्द्रनगरबाट कल बाइपास गर्ने एक गिरोहका तीन जनालाई उपकरणसहित प्रहरीले पक्राउ गरेको हो ।

महेन्द्रनगरको गल्ली नम्बर ५ को एभरेष्ट बैंक लिमिटेड रहेको घरबाट कल बाइपासका लागि चाहिने उपकरणसहित एक भारतीय र दुई जना नेपालीलाई प्रहरीले पक्राउ गरेको छ ।

भारतको नयाँ दिल्लीका ४१ वर्षिय गुल्जार अहमद, कञ्चनपुरको दोधारा चाँदनी नगरपालिका–७ का ४० वर्षिय प्रवीण खड्का र भीमदत्त नगरपालिका–१० जिमुवाका ४७ वर्षिय दिपक बोहरा रहेको प्रहरीले जनाएको छ । उनीहरुले अन्तराष्ट्रिय कल बाइपास गर्दै आएका खुलेको छ। उनीहरुले इन्टरनेटको माध्यामबाट कल बाइपास गर्दै आएका थिए ।

प्रहरीले सो कोठाबाट ०९९५९७००० को ल्याण्डलाइन, ६० लाइन क्षमताको कनेक्सन उपकरण, गेट वे सर्भरको सिपियू एक थान, वाई फाई राउटर एक थान, वल्र्ड लिंकको वाइफाई राउटर एक थान, ल्यापटप दुई थान, मनिटर एक थान र मोबाइल तीन थान लगायत अन्य उपकरण पनि बरामद गरेको जनाएको छ ।

ताजा खबर

कैलालीमा भारतीय तस्कर गुप्ता पक्राउ, साढे २ लाखको डिजेल बरामद

बर्दियाका युवक लागूऔषधसहित कैलालीको टीकापुरबाट पक्राउ

कैलाली जिल्लामा एक महिनामा लागूऔषधसहित ५०जना पक्राउ

सोमवार मध्यरातिदेखि मौन अवधि लागू, चुनावी प्रचार निषेध

amazed

Leave a Reply

Your email address will not be published. Required fields are marked *