सीमा स्तम्भ पुर्ननिर्माण गर

शेयेर गर्नुहोस

बिगत लामो समयदेखि कैलाली जिल्लामा रहेका नेपाल भारत सीमा स्तम्भहरु हराएका छन । ती हराएका सीमा स्तम्भहरु हालसम्म पुनःनिर्माण भएका छैनन । भारतले बिभिन्न समयमा नेपाली भूमि अतिक्रमण गर्दै आएको कुरा सार्बजनिक हुँदै आएको छ । तर नेपाल भारत सीमानामा रहेका सीमा स्तम्भहरु पुनः निर्माण गरिएका छैनन् । नेपाल सरकारले सीमामा हराएका सीमा स्तम्भहरु पुनःनिर्माण गर्न गम्भिर बन्नु पर्छ । नभए बिगतदेखि भारतले कब्जा गरेझै नेपाली भूमि फेरी पनि भारतले कब्जा नगर्ला भन्न सकिन्न ।

कैलालीमा केहि दिनको अबिरल बर्षाका कारण कैलाली जिल्लाका बिभिन्न ठाउँहरुका बाढी आयो । बाढीबाट कैलाली धेरै क्षति समेत भयो । साथै नेपाल–भारत सीमा स्तम्भ समेत बाढीले बगाएको छ । नेपाल तर्फको ७४८÷३ नम्बरको सीमा स्तम्भ बाढीले बगाएको छ । यसरी निरन्तर बाढी तथा नदी कटानबाट कैलालीका बिभिन्न सीमा स्तम्भहरु हराएका छन । यस बिषयमा नेपाल सरकार गम्भिर बनेको छैन ।
तसर्थ हराएको सीमा स्तम्भहरुको तथ्यांक तयार गरेर नेपाल भारत सीमानाका सीमा स्तम्भहरु छिटो भन्दा छिटो पुनःनिर्माण गर्न आवश्यक छ । यस बिषयमा सरकारले गम्भिर बन्न जरुरी छ ।

ताजा खबर

कैलाली सीमा नाकाबाट लागू औषध सहित २ जना पक्राउ

कैलालीमा लागू औषध सहित ३ जना पक्राउ

कैलालीको टीकापुरबाट लागूऔषध सहित एकजना पक्राउ

कैलालीका सीमा नाकामा प्रहरीको कडाई

amazed

Leave a Reply

Your email address will not be published. Required fields are marked *