कमिशन धन्दा योजना निर्माणमा

शेयेर गर्नुहोस

टीकापुर नगरपालिका भित्र बिभिन्न योजना निर्माणहरु सुचारु छन । सरकारले बिभिन्न क्षेत्रबाट टीकापुरमा समेत योजना निर्माणहरु गर्दै आएको छ । नगरपालिका, प्रदेश, संघले समेत टीकापुरमा बिभिन्न योजना निर्माणहरु गरेको छ । निर्माणहरु समेत छन । तर प्रदेश र संघले गरेको बिकाश निर्माणमा ठेकेदार कम्पनीको निकै लापरवाही छ । प्रदेश र संघले सम्बन्धित नगरपालिका संग सहमति नगरेर एकलौटी बिकाश निर्माण गर्न थालेपछि ठेकेदार कम्पनीहरुको लापरवाही भएको हो । ठेकेदारले इस्टिमेट अनुसार कुनैपनि निर्माण कार्य सम्पन्न नगरेको ठेकुवा गर्न सकिन्छ । टीकापुरक्षेत्रमा यस्ता बिभिद् समस्याहरु बिगतदेखि देखिदै आएको छ । बिभिन्न योजना निर्माणमा कमिशनको खेल पनि बढ्दै गएको छ । ठेकेदारले कर्मचारीलाई कमिशन दिने धन्दा पनि बढेको छ ।

कर्मचारीले लिएको कमिसनबाट जनप्रतिनिधीलाई समेत त्यही कमिशनको रकम जाने गरेको छ । अनि कसरी योजना निर्माणहरु इस्टिमेट अनुसार निर्माण सम्पन्न हुन्छन होला ? अनि कसरी ती योजनाहरु लामो टिकाउ हुन्छन होला ? टीकापुरका बिभिन्न टोलमा सडक कालोपत्रे भइरहेका छन । सम्बन्धित वडाका कर्मचारीले आफ्नो इच्छयाएको व्यक्तिलाई अध्यक्ष, सचिब बनाएर निर्माण कमिटी गठन गरेका छन । पछि रकम बढी दिने ठेकेदारलाई सडक निर्माणको जिम्मेवारी दिन लगाएका छन र योजनाको रकम निकासी हुँदा कर्मचारी र कमिटीका अध्यक्ष, सचिबले मोटो रकम कुम्याउने गरेका छन । भने कसरी इस्टिमेट अनुसार योजना निर्माण सम्पन्न हुन्छन ?

तसर्थ यस्ता बिषयमा समेत प्रशासनले गम्भिरता पूर्वक लिन नितान्त आवश्यक देखिन्छ । साथै प्रशासनले ठुला योजना निर्माणमा समयमै अनुगमन गर्ने व्यवस्था गर्न समेत जरुरी देखिन्छ ।

ताजा खबर

कैलाली र बाँकेमा बसको ठक्करबाट पैदल यात्रीको मृत्यु

दार्चुलामा अरिङ्गालको टोकाइबाट वृद्धको मृत्यु

कोप–२८ सम्मेलनमा भाग लिन प्रधानमन्त्री दाहाल आज यूएई जाने

कैलालीबाट १६ वर्षीय बालक बेपत्ता

नेपाल भारत मैत्री सांस्कृतिक संगमको लोगो सार्वजनिक

amazed

Leave a Reply

Your email address will not be published. Required fields are marked *