अस्पतालमा बिरामीको मृत्युपछि अस्पतालमा तनाव

शेयेर गर्नुहोस

धनगढी । धनगढीको सहिदगेट नजिक रहेको स्वस्तिक कार्डियो एण्ड मल्टिस्पेसियालिटी हस्पिटलमा पत्थरीकोशल्यक्रिया गर्न आएका बिरामीको मृत्यु भएको छ ।

दुबै मृगौलामा पत्थरी भएर शल्यक्रिया गर्न आएका कञ्चनपुरको बेलौरी नगरपालिका वडा नम्बर १० शिवनगरका ५५ वर्षीय ऐजनलाल चौधरीको मृत्यु भएपछि आफन्त सघर्षमा उत्रिएका छन् ।

मृगौलाको शल्यक्रिया गरेर १४ एमएम र साढे नौ एमएमको पत्थरी निकालिएको भए पनि शल्यक्रियामा गरिएको त्रुटिले बिरामीको ज्यान गएको भन्दै आफन्त आक्रोसित बनेका छन् । यसै विषयमा स्वस्तिक अस्पताल प्रशासन र मृतकका आफन्तबिच भएको वार्ता बिना निष्कर्ष टुंगिएको छ ।

घटनाको सत्यतथ्य सार्वजनिक गर्नुपर्ने, उपचारमा संलग्न चिकित्सकलाई कारबाही गर्नुपर्ने र उचित क्षतिपूर्ति दिनुपर्ने मागसहित मृतकका आफन्त र अस्पताल प्रशासनबिच छलफल भएको हो ।

तर अस्पताल प्रशासनले एक जनालाई रोजगारी र काजक्रिया खर्च बाहेक अरु दिन नसक्ने अडान लिएपछि वार्ता निष्कर्षविहीन बनेको छ । मृतकका आफन्त रामु कुश्मीले आफूहरुको मागप्रति अस्पताल प्रशासन गम्भीर नदेखिएकाले वार्ता निष्कर्षविहीन बनेको बताए ।

वार्ता निष्कर्षविहीन बनेपछि अस्पतालविरुद्ध आफन्तले प्रदर्शन सुरु गरेका छन् । आफन्तले अस्पतालमा तालाबन्दीको प्रयास समेत गरेका छन् । अस्पतालमा बिहानैदेखि सुरक्षा सतर्कता बढाइएको छ। उपचारको क्रममा चिकित्सकले उनको बायाँ किड्नी झिकेपछि अत्यधिक रक्तश्रावले मृत्यु भएको अस्पतालले जनाएको छ ।

ताजा खबर

कैलाली सीमा नाकाबाट लागू औषध सहित २ जना पक्राउ

कैलालीमा लागू औषध सहित ३ जना पक्राउ

कैलालीको टीकापुरबाट लागूऔषध सहित एकजना पक्राउ

कैलालीका सीमा नाकामा प्रहरीको कडाई

amazed

Leave a Reply

Your email address will not be published. Required fields are marked *