निर्वाचनको लागी मिति तोकियो

शेयेर गर्नुहोस

टीकापुर । सुदूरपश्चिम प्रदेशसभामा विषयगत समितिको निर्वाचनको मिति निर्धारण गरिएको छ ।

आगामी शुक्रबार असोज १२ विषयगत समितिको निर्वाचनको हुने भएको हो ।

आइतबार समितिका सभापतिहरुको निर्वाचन कार्यतालिका समेत प्रकाशित गरिएको छ ।

कार्यतालिकाअनुसार असोज ११ गते बिहीबार नै मतदाताको नामावली प्रकाशन, सभापतिका उम्मेदवारको उम्मेदवारी दर्ता, उम्मेदवारी फिर्ता लगायतका काम पूरा गरिने छ । यस्तै गरेर असोज १२ गते शुक्रबार दिउँसो ११ बजे सभापतिको चुनाव गरिने छ ।

सुदूरपश्चिम प्रदेश सभामा विधायन तथा प्रदेश मामिला समिति, सार्वजनिक लेखा समिति, अर्थ विकास तथा प्राकृतिक स्रोत समिति र सामाजिक विकास गरी चार वटा संसदीय समितिहरु रहेका छन् ।

ताजा खबर

बेपत्ता भण्डारी टीकापुरमा मृत फेला

जुवातास खेल्दै गरेको अवस्थामा पाँच जना पक्राउ

डोटीका बासिन्दा भरुवा बन्दुक सहित पक्राउ

amazed