शेयेर गर्नुहोस
टीकापुर । टीकापुर घटनाका सबै कैदी बन्दी रिहा भएका छन् ।
संविधान दिवसको अवसरमा राष्ट्रपति रामचन्द्र पौडेलले उनीहरूको बाँकी कैद मिनाहा गरेपछि रिहा हुन बाँकी रहेका ४ जना रिहा भएका हुन ।
रिहा हुनेमा जानकी गाउँपालिका–७ मोतीपुरका हरिनारायण चौधरी, लट्कनियाका प्रदीप चौधरी र टीकापुर नगरपालिका–४ ठाह्रापुरका वीरबहादुर चौधरी रहेका छन् । यसै गरी, तत्कालीन अवस्थामा नाबालक रही पोखरा सुधार गृह पुगाइएका लट्कनियाकै श्रवणकुमार चौधरीलाई पनि रिहा भएका छन् ।
रिहा भएका कैदीहरूको नागरिक उन्मुक्ति पार्टीका अध्यक्ष एवम् मन्त्री रन्जिता श्रेष्ठ, सो पार्टीका संरक्षक रेशम चौधरी, सुदूरपश्चिम प्रदेशका मन्त्री रामेश्वर चौधरी, प्रतिनिधि सभा सदस्य गङ्गाराम चौधरी, अरुणकुमार चौधरी, प्रदेशसभा सदस्यहरू लगायतले अबिर, खादा लगाएर स्वागत गरेका थिए ।
टीकापुर घटनाको मुख्य योजनाकार भनी दोषी ठहर गरिएका रेशमलाल चौधरीलाई गत जेठ १५ गते गणतन्त्र दिवसको अवसरमा कैदमुक्त गरिएको थियो ।