शेयेर गर्नुहोस
टीकापुर । कैलालीको गोदावरी नगरपालिका–६ घुएराबाट लागुऔषधसहित एक जना युवा पक्राउ परेका छन्। पक्राउ पर्नेमा सोहि ठाउँका २६ वर्षीय जयकिसन चोधरी रहेका छन् ।
चौधरीको साथबाट ८६० मिलिग्राम लागुऔषध फेला पारेको सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय धनगढीले जानकारी दिएको छ । उनलाई सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय धनगढी र अस्थायी प्रहरी पोष्ट श्रीपुर कैलालीबाट खटिईएको संयुक्त प्रहरी टोलीले पक्राउ गरेको हो ।










