कैलालीको टीकापुर र गेटाबाट ब्राउनसुगरसहित २ पक्राउ

शेयेर गर्नुहोस

टीकापुर । आज दिउँसो प्रहरीले कैलालीका २ स्थानबाट कूल ६ सय ३० मिलिग्राम ब्राउनसुगरसहित २ जनालाई पक्राउ गरेको छ ।

टीकापुर नगरपालिका–१ ब्लक नं. ९ स्थित सडकबाट ५ सय मिलिग्राम र गोदावरी नगरपालिका–५ गेटाको खुनाटोलबाट १ सय ३० मिलिग्राम ब्राउनसुगरसहित २ जना पक्राउ परेका हुन् ।

प्रहरीका अनुसार टीकापुरबाट कैलालीकै जानकी गाउँपालिका–९ का २८ वर्षीय ललितसिंह बिक र गोदावरीबाट खुनाटोलकै २५ वर्षीय हरिकुमार खुनालाई ब्राउनसुगरसहित पक्राउ गरिएको हो ।

दुबै जनालाई प्रहरी गस्ती टोलीले शङ्काको आधारमा चेकजाँच गर्दा उक्त पदार्थ फेला परेको बताइएको छ । दुबै जनालाई नियन्त्रणमा लिएर अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

ताजा खबर

बेपत्ता भण्डारी टीकापुरमा मृत फेला

सुदूरपश्चिम प्रदेश सभामा आगामी आर्थिक वर्षको बजेटमाथि छलफल

जुवातास खेल्दै गरेको अवस्थामा पाँच जना पक्राउ

डोटीका बासिन्दा भरुवा बन्दुक सहित पक्राउ

amazed