कैलालीमा एक युवकमाथि हतियार प्रहार, उदय फरार, जीवन पक्राउ

शेयेर गर्नुहोस


टीकापुर । कैलालीको जानकीमा एक युवकमाथि धारिलो हतियार प्रहार गरिएको छ ।

बिहीबार राति जानकी गाउँपालिका–९ मा पुर्वखैरी फाँटाका २३ वर्षीय हेमराज गिरीमाथि धारिलो हतियार प्रहार गरिएको हो ।

इलाका प्रहरी कार्यालय टीकापुरले दिएको जानकारी अनुसार ती युवकमाथि सोही स्थानका २४ वर्षीय उदय बिक र ३१ वर्षीय जीवन भारतीले धारिलो हतियार प्रहार गरेका हुन् ।

हतियार प्रहारबाट गिरीको टाउकोमा चोट लागेको छ। उनको नेपालगन्जमा उपचार भइरहेको प्रहरीले जनाएको छ। हतियार प्रहार गर्ने भारतीलाई प्रहरीले चिसापानीबाट पक्राउ गरेको छ भने उदय विक फरार छन् । उनको खोजीकार्य भइरहेको प्रहरीले जनाएको छ ।

ताजा खबर

कैलाली जिल्लामा एक महिनामा लागूऔषधसहित ५०जना पक्राउ

सोमवार मध्यरातिदेखि मौन अवधि लागू, चुनावी प्रचार निषेध

कैलाली र कञ्चनपुरका बङ्गुरमा अफ्रिकन स्वाइन फिभर पुष्टि

कैलालीका सीमा नाका तीन दिन बन्द गरिने छः प्रशासन

amazed