भूकम्प प्रभावित क्षेत्रमा १९७ जना सशस्त्र प्रहरी परिचालन, मेडिकल टिम सँगसँगै

शेयेर गर्नुहोस

काठमाडौँ । जाजरकोट र रुकुम पश्चिममा भूकम्प प्रभावितहरूको उद्धारका लागि सशस्त्र प्रहरी परिचालन गरिएको छ ।

कर्णाली र लुम्बिनी प्रदेशका युनिटहरूबाट १९७ जनालाई परिचालन गरिएको सशस्त्र प्रहरीका सह–प्रवक्ता शैलेन्द्र थापाले रातोपाटीलाई बताए ।

जाजरकोटमा उद्धारको नेतृत्व सशस्त्र प्रहरी बलका डिएसपी विकाश थापाले गरेका छन् । जाजरकोटमा परिचालित गुल्मको टिमलाई सहयोग गर्न नम्बर–३२ गण सुर्खेतबाट सशस्त्र प्रहरी निरीक्षक कवीन्द्र खड्काको कमान्डमा ३५ जनाको टोली परिचालन गरिएको छ ।

नम्बर–६ महेश्वरी बाहिनी सुर्खेतबाट डा। निश्चल घिमिरेको नेतृत्वमा ४ जनाको मेडिकल टिम जाजरकोटमा परिचालन गरिएको छ ।

दाङस्थित २९ नम्बर गणबाट इन्स्पेक्टरको कमान्डमा २१ जनाको टिम पश्चिम रुकुममा परिचालन गरिएको छ । पूर्वी रुकुम स्थित आश्रित गुल्मबाट ११ जनाको टोलीलाई पश्चिम रुकुममा उद्धारका लागी परिचालन गरिएको सह–प्रवक्ता थापाले जानकारी दिए । बाँके स्थित नम्बर–४२ रिजर्भ गणबाट इन्स्पेक्टरको कमान्डमा २५ जनाको टोली जाजरकोटमा परिचालन गरिएको छ ।

एपिएफ अस्पतालका चिकित्सक (डिएसपी) डा रोशन पराजुलीको कमान्डमा १७ जनाको मेडिकल टिम टिम घटनास्थलमा पुगेका छन् ।
(रातोपाटीबाट)

ताजा खबर

कैलाली जिल्लामा एक महिनामा लागूऔषधसहित ५०जना पक्राउ

सोमवार मध्यरातिदेखि मौन अवधि लागू, चुनावी प्रचार निषेध

कैलाली र कञ्चनपुरका बङ्गुरमा अफ्रिकन स्वाइन फिभर पुष्टि

कैलालीका सीमा नाका तीन दिन बन्द गरिने छः प्रशासन

amazed