कैलालीको अत्तरियामा अवैैध मदिरा नष्ट

शेयेर गर्नुहोस

धनगढी । कैलालीको अत्तरियामा अवैध मदिरा नष्ट गरिएको छ। जिल्लाको गोदावरी नगरपालिका–१ बाट बरामद गरिएको दुई हजार लिटर अवैध मदिरा नष्ट गरिएको हो ।

मालाखेती प्रहरीे, वडाका प्रतिनिधी, उद्योग बाणिज्य संघका प्रतिनिधीले बजार अनुगमनका क्रममा तीन घरबाट सो परिणाममा घरेलु मदिरा र मदिरा बनाउन प्रयोग हुने कच्चा पदार्थ बरामद गरेको हो ।

गोदावरी नगरपालिका–१ की ३४ वर्षीया पबित्रा गुरूङ्ग, ३९ वर्षीया तारा थापा र ४१ वर्षीय तिलक गुरूङ्गको घरबाट घरेलु मदिरा, मदिरा बनाउन प्रयोग हुने भाँडा कुडा र मदिरा बनाउन प्रयोग हुने कच्चा पदार्थ बरामद गरेको छ । सोहि वडाका प्रतिनिधी, उद्योग बाणिज्य संघका प्रतिनिधी र मालाखेती प्रहरीको रोहबरमा मदिरा नष्ट गरिएको हो ।

ताजा खबर

amazed

Leave a Reply

Your email address will not be published. Required fields are marked *