शेयेर गर्नुहोस
टीकापुर । कैलालीको अत्तरियाबाट लागुऔषधसहित तीन जना पक्राउ परेका छन् ।
आइतबार साँझ गोदावरी नगरपालिका –१ धनगढी रोडबाट सोहि ठाउँका २२ वर्षीय चन्द्र महता, गोदावरी नगरपालिका–५ का २५ वर्षीय गोकुल श्रेष्ठ र धनगढी उपमहानगरपालिका – १३ का २९ वर्षीय मेघराज बुढाथोकी पक्राउ परेकाहुन् ।
उनीहरुलाई लागुऔषध खरिद बिक्री गरिरहेको अवस्थामा १४० मिलीग्राम लागुऔषधसहित पक्राउ गरेको इलाका प्रहरी कार्यालय मालाखेतीले जनाएको छ ।















