शेयेर गर्नुहोस
टीकापुर । टीकापुरमा एक वृद्धा मृत अवस्थामा फेला परेकी छन् ।
प्रहरीका अनुसार टीकापुर नगरपालिका–५ झन्झटपुरस्थित रानीकुलोमा सोही ठाउँकी ८५ बर्षिया धनसरा देवी शाह सोमबार दिउँसो मृत अबस्थामा फेला परेकी हुन् ।
घटना सम्बन्धमा ईलाका प्रहरी कार्यालय टीकापुरको टोलीले अनुसन्धान गरिरहेको बताइएको छ ।















