शेयेर गर्नुहोस
टीकापुर । कैलालीको गौरीगंगामा आज मोटरसाइकल दुर्घटना हुदा एक जनाको मृत्यु भएको छ ।
गौरीगंगा नगरपालिका वडा नं.३ स्थित पुर्व–पश्चिम राजमार्गमा पश्चिमबाट पुर्वतर्फ जाँदै गरेको से ३ प १४१७ नम्बरको मोटरसाईकल आफै अनियन्त्रित भई दुर्घटना भएको हो ।
उक्त दुर्घटनामा चालक धनगढी उपमहानगरपालिका–१४ का ४५ वर्षीय कुते सार्कीको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएका सार्कीलाई अस्पताल पुर्याउँदा डाक्टरले मृत घोषण गरेका थिए । मोटरसाइकलमा पछाडी सवार रहेका एक जना घाइते भएका छन् ।
दुर्घटनामा घाईते भएका मोटरसाईकल पछाडी सवार सोहि ठाउँकै ३९ वर्षीय तेजबहादुर सार्कीको सेती अस्पतालमै उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ । प्रहरीले थप अनुसन्धान भइरहेको जनाएको छ ।















