कैलाली जिल्लाको घोडाघोडी नगरपालिकामा तालाबन्दी

शेयेर गर्नुहोस

टीकापुर । कैलालीको घोडाघोडी नगरपालिकाको कार्यालयमा तालाबन्दी गरिएको छ। नगरपालिकाको वडा नम्बर ४ का स्थानीयले सडक कालोपत्र, नदीमा तटबन्ध र मनोमानी नदीजन्य पदार्थको कर सङ्कलन गरेको भन्दै ताला लगाएका हुन् ।

तीन बुँदे मागसहित वडा नम्बर ४ र नगरपालिकाको कार्यालयमा तालाबन्दी गरिएको हो । वडा नम्बर ४ को सिमथरी चोकदेखि गैडाखेडासम्म कालोपत्र सडक, टेङ्गना नदीमा तटबन्ध र नदीजन्य पदार्थ सङ्कलनको ठेक्का पाएको कम्पनीले मनोमानी शुल्क लिएको भन्दै वडाका नागरिक आन्दोलित भएका हुन् । वडा र नगरपालिकाको कार्यालय घेराउ गर्दै उनीहरूले तालासमेत लगाएका पत्रकार खेम ढुङ्गानाले बताए ।

ताजा खबर

कैलाली सीमा नाकाबाट लागू औषध सहित २ जना पक्राउ

कैलालीमा लागू औषध सहित ३ जना पक्राउ

कैलालीको टीकापुरबाट लागूऔषध सहित एकजना पक्राउ

कैलालीका सीमा नाकामा प्रहरीको कडाई

amazed