एमाले कैलालीको अध्यक्ष बन्न तीन नेताबिच कडा प्रतिस्पर्धा हुँदै

शेयेर गर्नुहोस

धनगढीः आज (आइतबार)देखि सुखडमा सुरु नेकपा एमाले कैलालीको जिल्ला अधिवेशनमा अध्यक्ष पदमा तीन जना आकांक्षी छन् ।

कार्यवाहक अध्यक्ष दुर्गाप्रसाद जोशी, सचिव डेजी पाण्डे र नेता यज्ञ ढुंगाना अध्यक्ष पदका दाबेदार हुन्। एमालेले पहिलो पटक अधिवेशनअघि नै सहमति खोज्ने प्रयत्नका रूपमा आकांक्षीहरूलाई इच्छापत्र पेस गर्नुपर्ने विधि तय गरेको थियो । इच्छापत्र पेस गरेको पाँच दिनसम्म पनि अध्यक्ष पदका आकांक्षी तीन जनाबिच सहमति हुन सकेको छैन् ।

अध्यक्षसहित पदाधिकारी तहका पाँच पदमा ५३ जनाले इच्छापत्र पेस गरेका छन् । उपाध्यक्षमा ८, सचिवमा १२ र उपसचिवतर्फ दुई पदका लागि ३० जनाले आकांक्षा राख्दै इच्छापत्र दर्ता गराएका छन् । आज केहि समयपछि सुरु हुने अधिवेशनलाई अध्यक्ष केपी शर्मा ओलीले उद्घाटन गर्ने कार्यक्रम रहेको आयोजकले जनाएको छ । अधिवेशन दुई दिनसम्म चल्नेछ ।

नेकपा एमालेका केन्द्रीय सचिव लेखराज भट्ट, स्थायी कमिटी सदस्य कर्णबहादुर थापा र केन्द्रीय सदस्य दामोदर भण्डारी जिल्लाको नेतृत्व आफ्नो पक्षमा पार्न लबिङ गरिरहेका छन् । आफू निकटका नेतालाई जिल्ला अध्यक्ष बनाउन तीनै नेताले लबिङ गरेका हुन् । केन्द्रीय सचिव भट्टले कार्यवाहक अध्यक्ष दुर्गा जोशीलाई अघि सारेका छन्। साथै भट्टका स्वकीय सचिव हितेस ओझा पनि कैलाली जिल्ला सचिव पदमा दाबेदार छन् ।

स्थायी कमिटी सदस्य कर्ण थापाले भने कैलाली जिल्ला सचिव डेजी पाण्डेलाई अध्यक्ष बनाउन लबिङ गरिरहेका छन् । पाण्डे समूहबाट कैलालीका उपसचिव रहेका ममताप्रसाद चौधरी सचिव पदका दाबेदार छन् । त्यस्तै एमाले केन्द्रीय सदस्य एवं सुदूरपश्चिम प्रदेश पूर्वअध्यक्ष दामोदर भण्डारीले भने अध्यक्षका लागि पूर्वप्रदेश कमिटी सचिवालय सदस्य यज्ञराज ढुङ्गानालाई अघि सारेका छन् । उनको टिमबाट सचिव पदमा विष्णु चन्द र आनन्दप्रसाद भट्ट आकांक्षी छन् ।
(साभारः दिनेश खबर)

ताजा खबर

कैलाली जिल्लामा एक महिनामा लागूऔषधसहित ५०जना पक्राउ

सोमवार मध्यरातिदेखि मौन अवधि लागू, चुनावी प्रचार निषेध

कैलाली र कञ्चनपुरका बङ्गुरमा अफ्रिकन स्वाइन फिभर पुष्टि

कैलालीका सीमा नाका तीन दिन बन्द गरिने छः प्रशासन

amazed