शेयेर गर्नुहोस
टीकापुर । कैलाली एमालेको अध्यक्षमा तीन जनाको उम्मेदवारी परेको छ । यो निर्वाचनमा निर्वाचन कमिटीले उम्मेदवारको अन्तिम नामावली सार्वजनिक गरेको छ ।
निर्वाचन कमिटीले सार्वजनिक गरेको अन्तिम नामावलीमा अध्यक्ष पदमा तीन जनाको उम्मेदवारी छ । अध्यक्षमा यज्ञराज ढुङ्गाना, डेजी पाण्डे र दुर्गाप्रसाद जोशीको उम्मेदवारी परेको हो। अर्का अध्यक्षमा उम्मेदवारी दिएका कमलसिंह रानाले नाम फिर्ता लिएका छन् ।
यसैगरी उपाध्यक्षमा ६ जनाको उम्मेदवारी छ। गजेन्द्र स्वार, दलबहादुर विष्ट, मदन ओझा, वीरेन्द्रबहादुर रावल, विष्णुबहादुर चौधरी र लोकेन्द्र शाही उपाध्यक्षको प्रतिस्पर्धामा रहेका छन् ।
त्यस्तै सचिवमा विष्णुकुमार चन्द, दानबहादुर विश्वकर्मा र ममताप्रसाद चौधरीको मनोनयन परेको छ । उपसचिवमा राजु गुरुङ, किशोर शाह, चूडामणि भट्ट, मदन रेग्मी, नृप थ्यायत खड्का, चक्रबहादुर विष्ट र भुवन रिजालले उम्मेदवारी छ ।
यसैगरी महिला उपसचिवमा रत्ना कुँवर जोशी, अम्बिका विष्ट मल्ल, गङ्गाकुमारी चौधरी, शान्तिदेवी सिंह र गीता चौधरीको उम्मेदवारी परेको छ। मतदान भने बिहीवार मात्र हुने एमालेले बताएको छ ।















