एमाले कैलालीको अध्यक्षमा चार जनाको उम्मेदवारी दर्ता

शेयेर गर्नुहोस

सुखड । नेकपा (एमाले) कैलालीको अध्यक्षमा चार जनाको उम्मेदवारी परेको छ । एमाले कैलालीले सहमतिमा नयाँ नेतृत्व चयन गर्न नसकेपछि चार जनाको उम्मेदवारी परेको हो ।

एमाले कैलालीका कार्यवाहक अध्यक्ष दुर्गा जोशी, सचिव डेजी पाण्डे, नेता यज्ञ ढुंगाना र कमल रानाले अध्यक्षका लागि उम्मेदवारी दिएका हुन् ।

सुखडमा आइतवारदेखि सुरु भएको अधिवेशनको चौथो दिन आज नयाँ नेतृत्व चयनका लागि दिउँसो २ बजेबाट मतदान सुरु हुँदैछ । पाँच सय ९१ जना मतदाताको अन्तिम नामावली प्रकाशन गरिएको छ । अहिले उम्मेदवारी दर्ताको काम हुँदैछ ।

प्रमुख निर्वाचन अधिकृत मानबहादुर जोराले मङ्गलवार निर्वाचन प्रक्रिया रोकिएकाले मतदानमा ढिलो भएको बताए । बुधवार २ देखि ५ बजेसम्म मतदानको समय निर्धारण गरिएको छ ।

एमाले कैलालीको नयाँ नेतृत्वका लागि चार जना प्यानलसहित चुनावी मैदानमा छन् । एमाले कैलालीका कार्यवाहक अध्यक्षसमेत रहेको जोशीले उपाध्यक्षमा विष्णु चौधरी, सचिवमा दानबहादुर विश्वकर्मा, उपसचिवमा नृपबहादुर खड्का र रत्ना कुवर जोशीसहितको प्यानल तयार पारेका थिए ।

एमालेले पहिलो पटक अधिवेशनअघि नै सहमति खोज्ने प्रयत्नका रूपमा आकाङ्क्षीहरूलाई इच्छापत्र पेस गर्नुपर्ने विधि तय गरेको थियो । उनीहरूको बिचमा अधिवेशनको चौथो दिनसम्म सहमति हुन सकेको छैन् ।

अध्यक्षसहित पदाधिकारी तहका पाँच पदमा ५३ जनाले इच्छापत्र पेस गरेका थिए । अध्यक्षमा राना थपिएका छन् । उपाध्यक्षमा ८, सचिवमा १२ र उपसचिवतर्फ दुई पदका लागि ३० जनाले आकाङ्क्षा राख्दै इच्छापत्र दर्ता गराएका थिए । एमालेका केन्द्रीय सचिव लेखराज भट्ट, स्थायी कमिटी सदस्य कर्णबहादुर थापा र केन्द्रीय सदस्य दामोदर भण्डारी जिल्लाको नेतृत्व आफ्नो पक्षमा पार्न लबिङमा छन । जोशी केन्द्रीय सचिव भट्टले अघि सारेका नेता हुन् । भट्टका स्वकीय सचिव हितेस ओझा पनि कैलाली जिल्ला सचिव पदमा दाबेदार छन् ।

स्थायी कमिटी सदस्य कर्ण थापाले भने कैलाली जिल्ला सचिव डेजी पाण्डेलाई अध्यक्ष बनाउन लबिङ गरिरहेका छन् । पाण्डे समूहबाट कैलालीका उपसचिव रहेका ममताप्रसाद चौधरी सचिव पदका दाबेदार छन् । त्यस्तै एमाले केन्द्रीय सदस्य एवं सुदूरपश्चिम प्रदेश पूर्व अध्यक्ष दामोदर भण्डारीले भने अध्यक्षका लागि पूर्व प्रदेश कमिटी सचिवालय सदस्य यज्ञराज ढुङ्गानालाई अघि सारेका छन्। उनको टिमबाट सचिव पदमा विष्णु चन्द र आनन्दप्रसाद भट्ट आकाङ्क्षी छन् ।

ताजा खबर

कैलाली जिल्लामा एक महिनामा लागूऔषधसहित ५०जना पक्राउ

सोमवार मध्यरातिदेखि मौन अवधि लागू, चुनावी प्रचार निषेध

कैलाली र कञ्चनपुरका बङ्गुरमा अफ्रिकन स्वाइन फिभर पुष्टि

कैलालीका सीमा नाका तीन दिन बन्द गरिने छः प्रशासन

amazed