राजेन्द्र महतोले छाडे लोसपा, मुक्ति आन्दोलन गर्ने घोषणा

शेयेर गर्नुहोस

काठमाडौं । महन्थ ठाकुर नेतृत्वको लोकतान्त्रिक समाजवादी पार्टीका वरिष्ठ नेता राजेन्द्र महतोले पार्टी छाडेका छन् । सोमबार पत्रकार सम्मेलनमाफर्त मुक्ति आन्दोलनको घोषणा गर्दै उनले पार्टी परित्याग गरेको घोषणा गरेका हुन ।

उनले जनताको मुक्तीका लागि एकल र छुटफुट रुपमा सम्भव नभएको भन्दै सबैले आफूले घोषणा गरेको मुक्ति आन्दोलनमा सहभागी हुन अपिल गरे । महतोले छुट्टै पार्टी बनाउने योजनाका साथ लोसपा छाडेका हुन् ।

उनले भने, ‘अबको आगामी क्रान्ति कुनै एक दल वा कुनै एक पिडित समुदायबाट सम्भव नै छैन तसर्थ बिद्यमान सम्पूर्ण परम्परागत पार्टीबाट माथि उठी, औपनिवेशिक चिन्तन सोचको प्रभावलाई तिलान्जली दिएर सम्पूर्ण उत्पीडित जनता जुटेर उठे हाम्रो देशको गौरवशाली बैभव प्राप्त गर्न सम्भव छ, यसको निम्ति यस नविन युगका नविन नेपाल निर्माण निम्ति युगिन अभियानमा सरिक हुन सम्पूर्ण नेपाली दाजुभाई दिदीबहिनीहरुमा सादर आह्वान गर्दछु ।’

ताजा खबर

कैलालीमा भारतीय तस्कर गुप्ता पक्राउ, साढे २ लाखको डिजेल बरामद

बर्दियाका युवक लागूऔषधसहित कैलालीको टीकापुरबाट पक्राउ

कैलाली जिल्लामा एक महिनामा लागूऔषधसहित ५०जना पक्राउ

सोमवार मध्यरातिदेखि मौन अवधि लागू, चुनावी प्रचार निषेध

amazed

Leave a Reply

Your email address will not be published. Required fields are marked *