एमाले डडेल्धुरा ९औँ अधिवेशनको उद्घाटन अध्यक्ष ओलीले गर्ने

शेयेर गर्नुहोस

डडेल्धुरा । नेकपा (एमाले) डडेल्धुरा जिल्लाको ९औँ अधिवेशन पहिलो पटक जिल्ला सदरमुकाम बाहिर आयोजना गरिने भएको छ । जिल्ला सदरमुकाम डडेल्धुरामा केन्द्रित हुने अधिवेशन यस पटक भने भित्रिमधेश क्षेत्र जोगबुडाको परशुराम नगरपालिकामा हुने भएको छ । सोमबार अधिवेशन लोगो सार्वजनिक गर्दै नेकपा एमाले जिल्ला कमिटि डडेल्धुराले ९औँ अधिवेशन परशुराम नगरपालिका-१२ लालढुंगा बजारको रंगशालामा हुने जानकारी दिएको छ ।

एमाले जिल्ला कमिटि संयोजक गजेन्द्र बहादुर शाहीले फागुन ३० गते एमाले केन्द्रिय अध्यक्ष केपी शर्मा ओलीले उद्घाटन र सम्बोधन गर्ने कार्यक्रम तय भएको जानकारी दिए । अधिवेशनका लागी लोगो समेत बनाईएको थियो । एमाले केन्द्रिय सदस्य पठान सिंह बोहराले लागो सार्वजनिक गरे ।

अधिवेशन सम्पन्न गर्न स्थानीय तहका कमिटिहरु लाई विभिन्न जिम्मेवारी दिईएको संयोजक शाहीले जानकारी दिए । उनका अनुसार परशुराम कमिटिले आवास र भोजनको व्यवस्था गर्ने, अमरगढी कमिटिले यहाँको ताजा तरकारी उपलब्ध गराउने, नवदुर्गाले दाल, गन्यापधुराले दाल, घ्यू लगायत अन्य स्थानीय तहका कमिटिहरुले पनि खाद्यान्न उपलब्ध गराउनेगरि जिम्मेवारी तोकिएको छ ।

९औँ अधिवेशनमा जिल्ला अध्यक्षका लागि हाल दुई जना उम्मेदवार देखिएका छन । हाल संयोजक रहेका गजेन्द्र बहादुर शाही र पूर्व सचिव एवं सुदूरपश्चिम प्रदेशका पूर्व भौतिक पूर्वाधार विकास मन्त्री पठान सिंह बोहरा अध्यक्षको दौडमा छन ।

९औँ अधिवेशनमा सहमतीको वातरवरण बनाई अध्यक्ष लगायत सिंगो जिल्ला कमिटि गठन गर्ने प्रयासमा रहेको बोहराले बताए । उनका अनुसार एमाले छोडेर सामाजवादी पार्टी तर्फ लाग्नुभएका पूर्व एमाले नेताहरु संग निरन्तर संवाद जारी रहेकाले जिल्ला पदाधिकारीमा पद बाँडफाड गरि नयाँ जिल्ला कमिटि बनाईने प्रयास गरिदै छ ।

ताजा खबर

असोज दोस्रो साताभित्र बजेट ल्याउँछौँः मुख्यमन्त्री भट्ट

बेपत्ता भण्डारी टीकापुरमा मृत फेला

सुदूरपश्चिम प्रदेश सभामा आगामी आर्थिक वर्षको बजेटमाथि छलफल

जुवातास खेल्दै गरेको अवस्थामा पाँच जना पक्राउ

amazed

Leave a Reply

Your email address will not be published. Required fields are marked *