कैलाली र कञ्चनपुरबाट लागूऔषध सहित चार जना पक्राउ

शेयेर गर्नुहोस

धनगढी । कैलाली र कञ्चनपुरबाट लागूऔषध सहित चार जना पक्राउ परेका छन । कैलालीको भजनी नगरपालिकाबाट २ र कञ्चनपुरको भीमदत्त नगरपालिकाबाट २ जना पक्राउ परेका हुन ।

भजनी नगरपालिका–३ कुसमघाटबाट अवैध लागूऔषध खैरो हेरोइन १ सय मिलिग्रामसहित २ जनालाई आइतबार साँझ प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा जोशीपुर गाउँपालिका–६ बस्ने २१ वर्षीय अबिन चौधरी र २४ वर्षीय दिल बहादुर कठरीया रहेका छन् । ईलाका प्रहरी कार्यालय भजनीबाट खटिएको प्रहरीले भारतबाट नेपालतर्फ आउँदै गरेका उनीहरूलाई उक्त पदार्थसहित पक्राउ गरेको हो ।

उता भीमदत्त नगरपालिका–१२ स्थित पुलबाट अवैध लागूऔषध खैरो हेरोइन ३ ग्राम २९ मिलिग्रामसहित सोही नगरपालिका–६ ऐठपुर बस्ने २० वर्षीय शिरीस बोगटी समेत २ जनालाई आइतबार बेलुकी प्रहरीले पक्राउ गरेको छ । लागूऔषध नियन्त्रण ब्यूरो महेन्द्रनगर र प्रहरी चौकी झुलुङगेबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त पदार्थसहित पक्राउ गरेको हो ।

ताजा खबर

कैलालीमा भारतीय तस्कर गुप्ता पक्राउ, साढे २ लाखको डिजेल बरामद

बर्दियाका युवक लागूऔषधसहित कैलालीको टीकापुरबाट पक्राउ

कैलाली जिल्लामा एक महिनामा लागूऔषधसहित ५०जना पक्राउ

सोमवार मध्यरातिदेखि मौन अवधि लागू, चुनावी प्रचार निषेध

amazed