नयाँ सत्ता समीकरणमा सुदूरपश्चिम प्रदेशमा सरकार बनाउन फेरी नागरिक उन्मुक्ति पार्टी निर्णायक

शेयेर गर्नुहोस

टीकापुर । कांग्रेस–माओवादीको समीकरण भत्किएर नयाँ गठबन्धन बनेपछि सुदूरपश्चिमको सत्ता फेरबदलमा नागरिक उन्मुक्ति पार्टी फेरि निर्णायक भूमिकामा पुगेको छ ।

५३ सदस्यीय सुदूरपश्चिम प्रदेशसभामा कांग्रेस र एमालेले फरक गठबन्धन बनाउन चाहँदा दुबैलाई ७ सांसद रहेको नाउपाको समर्थन अनिवार्य नै छ ।

प्रदेशसभामा नेपाली कांग्रेसका १८, माओवादी केन्द्रका सभामुखसहित ११, नेकपा एमालेका १०, नागरिक उन्मुक्ति पार्टीका ७, नेकपा कीकृत समाजवादी पार्टीका ४, राप्रपा र स्वतन्त्र एकरएक सांसद छन् भने एउटा सिट रिक्त छ । सरकार बनाउन २७ जनाको समर्थन चाहिन्छ । फेरिएको समीकरणअनुसार माओवादी र एमालेसँग २० जना प्रदेशसभा सदस्य हुन्छन् । नाउपा समेत मिसिएपछि त्यो संख्या बढेर २७ पुग्छ ।

तर यदि नाउपा फेरिएको समीकरणमा सहभागी नभए मुख्यमन्त्री शाहले एकीकृत समाजवादी र नागरिक उन्मुक्ति पार्टीको समर्थन लिएर सरकार प्रदेशसभामा बहुमत कायमै राख्न सक्छन् ।कांग्रेस, नाउपा र एकीकृत समाजवादी एक ठाउँमा रहँदा शाहको पक्षमा २९ जना प्रदेशसभा सदस्य हुन्छन् । जुन सरकार टिकाउन बहुमत हो ।

नाउपाका अध्यक्ष रेशम चौधरीले भने नयाँ गठबन्धनको पक्षमा उभिने बताइसकेका छन् । सोमबार बालुवाटारमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई भेटेर फर्किने क्रममा चौधरीले नयाँ गठबन्धनप्रति सकारात्मक भएको प्रतिक्रिया दिएका छन् । ‘त्यो बैठकले निर्णय गर्छ । सत्ता गठबन्धनमा जोडिन सकारात्मक छौं’, चौधरीले संक्षिप्त प्रतिक्रिया दिएका थिए ।

सुदूरपश्चिममा नाउपाले मुख्यमन्त्री पाउनुपर्ने उनले बताएका छन् । ‘सुदूरपश्चिमको मुख्यमन्त्रीमा दाबी होइन, हामीले लिनुपर्छ । नाउपा थारु विद्रोहबाट जन्मिएको पार्टी हो’, चौधरीले भने, ‘सुदूरपश्चिममा थारु र पहिचानको मुख्यमन्त्री भएको हेर्न चाहेका छन् । हामी चाहन्छौँ अहिलेको गठबन्धनबाट सकारात्मक रुपमा त्यो प्राप्त गर्छ ।’

राजनीतिक समीकरण फेरिएपछि नयाँ रणनीति बनाउन चौधरीले सुदूरपश्चिमका सबै प्रदेशसभा सदस्यलाई काठमाडौं बोलाएका छन् ।

ताजा खबर

कैलाली जिल्लामा एक महिनामा लागूऔषधसहित ५०जना पक्राउ

सोमवार मध्यरातिदेखि मौन अवधि लागू, चुनावी प्रचार निषेध

कैलाली र कञ्चनपुरका बङ्गुरमा अफ्रिकन स्वाइन फिभर पुष्टि

कैलालीका सीमा नाका तीन दिन बन्द गरिने छः प्रशासन

amazed