जिप दुर्घटना हुँदा ६ जनाको मृत्यु, ७ जना घाइते

शेयेर गर्नुहोस

काठमाडौं । उदयपुरको बेलका—७ मैनामनीस्थित चेङ्ग्रे भन्ने स्थानमा जिप दुर्घटना हुँदा ६ जनाको घटनास्थलमै मृत्यु भएको छ । प्रहरीका अनुसार धरानबाट भोजपुरका लागि छुटेको को १ ज २५९३ नम्बरको जिप दुर्घटना भएको हो ।

अहिलेसम्म ६ जनाको मृत्यु भएको र घाइते ७ जनाको उद्धार भएको उदयपुरका प्रहरी प्रमुख रमेश थापाले बताए । घाइतेहरुलाई उपचारका लागि धरानस्थित विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान ल्याइएको छ ।

मृतकहरुको सनाखत भएको छैन । घटनाको अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

ताजा खबर

amazed

Leave a Reply

Your email address will not be published. Required fields are marked *