शेयेर गर्नुहोस
काठमाडौं । आगलागीमा परेर एकै परिवारका तीन बालबालिकाको मृत्यु भएको छ ।
भोजपुरको हतुवागडी गाउँपालिका–७ मा भएको आगलागीमा ५ वर्षका प्रनिष कार्की, ७ वर्षकी दीपशिखा कार्की र ३ वर्षका दियुनिष कार्कीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय भोजपुरले जनाएको छ ।
प्रहरीका अनुसार प्रनिष केदार कार्कीका छोरा हुन् भने अरु दुई जना केदारका भाइ रमेश कार्कीका छोराछोरी हुन् ।















