कोकाकोलाले आयोजना गरेको लार्जेस्ट मोमो पार्टीले बनायो गिनिज वर्ल्ड रेकर्ड

शेयेर गर्नुहोस

काठमाडौं । कोका–कोलाले नेपालमा ‘द लार्जेस्ट मोमो पार्टी’को आयोजना गर्दै विश्व कीर्तिमान कायम गरेको छ । ठुलो मोमो पार्टीको आयोजना गरेसँगै गिनिज वर्ल्ड रेकर्ड ऐतिहासिक उपलब्धि कायम गरेको छ ।

शुक्रबार, चैत २ गते बौद्ध, काठमाडौँस्थित हायात रेजेन्सी ग्राउन्डमा ‘काठमाडौँ इज कुकिंग’को दोस्रो संस्करणको एउटा भागको रूपमा ‘द लार्जेस्ट मोमो पार्टी’मार्फत नयाँ गिनिज वर्ल्ड रेकर्ड कायम गरेको हो । यससँगै कम्पनीले इतिहास रचेको बताइएको छ ।

कोका–कोलाले ५०० जना भन्दा बढी उत्साही सहभागीहरूका साथ यो कार्यक्रम सफलतापूर्वक आयोजना गरेको थियो । प्रत्येक सहभागीलाई २५० एमएल कोकको बोतलसहित दुईवटा मोमो खान दिएको थियोे । खाद्य सुरक्षा र स्वच्छताको उच्चतम मापदण्ड सुनिश्चित गर्न, एकजना समर्पित फुड हईजिन इन्स्पेक्टर र दुईजना साक्षीहरू पनि कार्यक्रममा उपस्थित रहेका थिए ।

amazed