कैलालीका दुई सहित सुदूरपश्चिममा एकै दिन ८ जना फरार प्रतिवादी पक्राउ

शेयेर गर्नुहोस

धनगढी । सुदूरपश्चिममा एकै दिन विभिन्न मुद्दाका ८ जना फरार प्रतिवादी पक्राउ परेका छन् । जिल्ला अदालतको बिभिन्न मितिको फैसलाले विभिन्न मुद्दामा जरिवाना ठहर भई फरार रहेका सुदूरपश्चिमका तिन जिल्लाका दोषी पक्राउ परेका हुन् ।

पक्राउ पर्नेमा कैलाली, कञ्चनपुर र बाजुराका विभिन्न मुद्दाका दोषीहरु छन् । जिल्ला अदालत कैलालीको बिभिन्न मितिको फैसलाले जरिवाना ठहर भई फरार रहेका वन पैदावार बिना ईजाजत ओसार–पोसार मुद्दामा २ लाख ३१ हजार १३६ जरिवाना ठहर भएकी घोडाघोडी ६ का धना पार्की, वन मुद्दामा रु ३० हजार २०१ जरिवाना ठहर भएका धनगढी उपमहानगरपालिका–१३ बस्ने कर्णबहादुर बोहरा रहेका छन् ।

यी दुबै जनालाई आइतवार जिल्ला प्रहरी कार्यालय कैलाली तथा मातहत प्रहरी ईकाइहरुबाट खटिएको प्रहरी टोलीले पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता प्रहरी नायब उपरीक्षक कुलदीप चन्दले बताए । यस्तै जिल्ला अदालत कञ्चनपुरको बिभिन्न मितिको फैसलाले जरिवाना ठहर भई फरार रहेका कुटपिट मुद्दामा ७५० जरिवाना ठहर भएका दोधारा चाँदनी नगरपालिका–७ बस्ने कर्णे दमाई र लुटपाट मुद्दामा १ हजार ८७५ जरिवाना ठहर भएका दोधारा चाँदनी नगरपालिका–७ बस्ने ईन्द्र बहादुर रावत रहेको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रवक्ता प्रहरी नायव उपरीक्षक प्रकाश डाँगीले बताए । यी दुबै जनालाई आईतबार जिल्ला प्रहरी कार्यालय कञ्चनपुरबाट खटिएको प्रहरी टोलीले उनीहरुकै घरबाट पक्राउ गरेको डाँगीले जनाकारी दिए ।

यस्तै बाजुराबाट थप ४ जना दोषी पक्राउ परेका छन् । जिल्ला अदालत बाजुराको फैसलाले हातहतियार सम्बन्धी कसुर मुद्दामा ९ महिना १७ दिन कैद सजाय र १० हजार जरिवाना ठहर भई फरार रहेका बाजुराको बुढीनन्दा नगरपालिका–८ बस्ने कविन्द्र बोहरा, आईते बोहरा, दले कामी र बुढीनन्दा नगरपालिका–१० बस्ने पृथ्वीबहादुर सिंह रहेको जिल्ला प्रहरी कार्यालय बाजुराले जनाएको छ । आइतवार अस्थाई प्रहरी पोष्ट पाण्डुसैन, बाजुराबाट खटिएको प्रहरी टोलीले चारै जनालाई घरबाट पक्राउ गरेको प्रहरीले जनाएको छ । फरार रहेका ८ जनालाई फैसला कार्यान्वयनको लागि प्रहरीले सम्बन्धित अदालत समक्ष पेश गरिसकेको छ ।

amazed