शेयेर गर्नुहोस
धनगढी । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेको बचाउ गरेका छन् ।
मंगलबार धनगढीमा सञ्चारकर्मीसँग कुरा गर्दै पुर्वप्रधानमन्त्री समेत रहेका अध्यक्ष ओलीले रवि कांग्रेसतिर नलाग्दा फसाउन खोजिएको आरोप लगाएका हुन् । ‘सहकारीसँग कुनै सम्बन्ध नै नभएका लामिछानेलाई जबरजस्ती बदनाम गराउन खोज्ने ?’ हाल सहकारीको अनियमितामा मुछिएको भन्दै गृहमन्त्री लामिछानेको राजीनामा माग्दै प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले संसदमा विरोध गरिरहेको छ ।
ओलीले कांग्रेस सत्ताबाट बाहिर निस्किएपछि छटपटी गरिरहे बताए । ओलीले भने, ‘उजुरी दर्ता तपाईँको नाममा पनि हुन सक्छ । उजुरी दर्ताकै विषयमा मन्त्री नहुने हो भने त नेपालमा मन्त्री खाली हुन्छ । संसद् खालि हुन्छ सबै खालि हुन्छ। उजुरी त एउटा लगेर हाल्दिए भइहाल्यो नि ।’
ओलीले नयाँ सत्ता गठबन्धनबाट पूरै कार्यकाल माओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ नै प्रधानमन्त्री हुन सक्ने बताए। उनले आफूलाई प्रधानमन्त्रीको इच्छा नभएको र अरू प्रधानमन्त्री बन्न अगाडी नसरेको दाबी गर्दै प्रचण्ड नै पूरै कार्यकाल प्रधानमन्त्री रहन सक्ने तर्क गरे ।















