शेयेर गर्नुहोस
अछाम । अछामको दुई गाउँपालिकाको एक एक घरमा आगलागी भएकोे छ । जिल्लाको ढकारी गाउँपालिका र मेल्लेख गाउँपालिकाको एक एक घरमा आगलागी भएको हो ।
अछामको ढकारी गाउँपालिका–४ बालाताको अडी खर्कमा रहेको पहले टमट्टाको घरमा आज बिहान आगलागी भएको हो । आगलागी हुँदा घरमा रहेको एक तोला सुन, डेढलाख नगद रुपैया, भाडाकुडा, खाद्यान्न सबै जलेर नस्ट भएको जिल्ला प्रहरी कार्यालय अछामले जनाएको छ ।
घर भित्र डोकोमा राखेका बाख्राको पाठाले डोका ढलाई दिएपछि आगोमा परेको र डोकाबाट आगो शल्कीएर आगलागी भएको प्रहरीले बताएको छ ।
यस्तै मेल्लेख गाउँपालिका–४ मा पनि आगलागी भएको छ । कर्णबहादुर साउदले खाना पकाउँदा पेट्रोल खसेर आगोमा पोखिदा आगलागी भएको प्रहरीले जनाएको छ ।
साउद आगलागीमा परी जलेर घाइते भएका छन् । उनको न्याय हेल्थ अस्पताल बयलपातामा उपचार भइरहेको प्रहरीले बताएको छ ।















