कैलाली र कञ्चनपुरबाट अबैध सामान बरामद

शेयेर गर्नुहोस

धनगढी । कैलाली र कञ्चनपुरबाट प्रहरीले अबैध सामान बरामद गरेको छ ।

कैलालीको धनगढी उपमहानगरपालिका–२ ट्राफिक चौराह र धनगढी–९ त्रिबेणीघाटबाट प्रहरीले करिब ३० हजार ६६० मुल्यका अबैध सामान बरामद गरेको हो । प्याज, चिनी, सुर्ती, बिडी, सरफ, प्लाष्टिक झिल्ली, सुट, चक्लेट, मसला, लगायतका सामान शनिबार प्रहरी गस्ती टोलीले नियन्त्रणमा लिएको हो ।

उता कञ्चनपुरको भीमदत्त नगरपालिका–६ शान्ति निकेतन स्कुल नजिक, भीमदत्त नगरपािलका–११ चौकीसत्ता र बेलडाँडी गाउँपालिका–३ राधाकृष्ण मन्दिर नजिकबाट पनि प्रहरीले अबैध सामान बरामद गरेको छ ।

ताजा खबर

amazed

Leave a Reply

Your email address will not be published. Required fields are marked *