शेयेर गर्नुहोस
धनगढी । धनगढीमा सम्पन्न दोस्रो संस्करणको कैलाली प्रिमियर लिग अन्तरपालिका टि–२० क्रिकेट प्रतियोगिताको उपाधि डडेल्धुराको आलिताल गाउँपालिकाले जितेको छ । शनिबार सम्पन्न फाइनल भिडन्तमा डडेल्धुराकै परशुराम नगरपालिकामाथि १ विकेटको रोमाञ्चक जित निकाल्दै आलितालले उपाधि रक्षा गर्यो । उपाधिसंगै आलितालले २ लाख पुरूस्कार पायो भने परशुरामले १ लाखमा चित्त बुझायो ।
आलितालका दिलबहादुर बोहरा म्यान अफ द सिरिज,परशुरामका राज बिक बेस्ट ब्याटर,कृष्ण विष्ट बेस्ट बलर र परशुरामकै अर्जुन बिक उदयीमान खेलाडी भए ।
विजेता, उपविजेता र अन्य खेलाडीहरूलाई नेपाल क्रिकेट संघ क्यानका अध्यक्ष चतुरबहादुर चन्द, परशुराम नगरपालिकाका मेयर भरत बडायर जोशी, आलिताल गाउँपालिकाका अध्यक्ष शेरसिंह पार्की, सुदूरपश्चिम प्रादेशिक क्रिकेट संघका अध्यक्ष बाशुदेव जोशी, क्यानका केन्द्रीय सदस्यद्वय धिरेन्द्र सावद र विरेन्द्र चन्दलगायतले पुरूस्कार वितरण गरे ।















