काठमाडौंमा मोटरसाइकलको ठक्करबाट पैदलयात्रीको मृत्यु

शेयेर गर्नुहोस

काठमाडौं । काठमाडौंको सोल्टीमोडमा मोटरसाइकलको ठक्करबाट घाइते भएकी एक महिलाको उपचारको क्रममा मृत्यु भएको छ ।

शनिबार बिहान साढे आठ बजे बा ८५ प ७१६७ नम्बरको मोटरसाइकलले ठक्कर दिँदा गम्भीर घाइते भएकी ती महिलाको ट्रमा सेन्टरमा उपचारको क्रममा गएराति साढे ११ बजे मृत्यु भएको हो ।

मृत्यु हुनेमा धादिङ घर भई हाल कालिमाटी बस्दै आएकी ७० वर्षीया लक्ष्मी तामाङ रहेको प्रहरीले जनाएको छ ।

पैदल हिँडिरहेकी तामाङलाई मोटरसाइकलले ठक्कर दिएको थियो । मोटरसाइकल चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

ताजा खबर

असोज दोस्रो साताभित्र बजेट ल्याउँछौँः मुख्यमन्त्री भट्ट

बेपत्ता भण्डारी टीकापुरमा मृत फेला

जुवातास खेल्दै गरेको अवस्थामा पाँच जना पक्राउ

amazed