शेयेर गर्नुहोस
धनगढी । नागरिक उन्मुक्ति पार्टीको बैठकमा हात हालाहाल भएको छ ।
काठमाडौंको अनामनगरस्थित पार्टी कार्यालयमा बैठक बसिरहेका बेला नेताहरुबिच हात हालाहाल भएको विषय बाहिर आएको छ । वर्तमान सत्ता गठबन्धनमा सहभागी हुने रन्जिता श्रेष्ठ पक्ष र नहुने रेशमलाल चौधरी पक्षबिच भएको विवादले हात हालाहालको अवस्था सिर्जना भएको विषय बाहिर आएको हो ।
नाउपा केन्द्रीय समिति संस्थापक सदस्यहरूको बैठकमा हातहाहाल भएको विषय सुन्नमा आएको नागरिक उन्मुक्ति पार्टीका सुदूरपश्चिम प्रदेश सभाका एक सदस्यले बताए । उनले भनें, ‘बैठकमा नेताहरुबिच हातहालहाल भएको विषय सुन्नमा आएको छ तर एकिन भइसकेको छैन् ।’
विवादका क्रममा टिकापुरका मेयर रामलाल डगौरा र नेता रमेश विकमाथि हातपात भएको बताइएको छ । उनीहरू दुवैजना रन्जिता पक्षका हुन् । तर यस विषयमा थप जानकारी लिन मेयर डगौरालाई बुझ्न खोज्दा उनको फोन उठेन । नाउपाको अध्यक्षमा रेशम चौधरीलाई निर्वाचन आयोगले मान्यता नदिएपछि सो पार्टीमा पछिल्लो समय संस्थापक २१ जना केन्द्रीय सदस्यहरूको बैठक बस्ने गरेको छ ।
रेशम पक्ष सुदूरपश्चिममा कांग्रेस नेतृत्वको सरकारमा सहभागी छ । रन्जिता पक्ष भने त्यसको विपक्षमा छ । त्यस्तै केन्द्रमा रन्जिता अहिलेको सत्ता गठबन्धनमा जानुपर्ने पक्षमा छिन् भने रेशम विपक्षमा छन् ।















