सुदूरपश्चिम सरकारलाई विश्वासको मत नदिन नाउपाका सांसदलाई व्हीप जारी

शेयेर गर्नुहोस

धनगढी । नागरिक उन्मुक्ति पार्टी (नाउपा)ले सुदूरपश्चिमका मुख्यमन्त्रीलाई विश्वासको मत नदिन व्हीप जारी गरेको छ । बुधबार पार्टी अध्यक्ष रञ्जिता श्रेष्ठले सुदूरपश्चिमका मुख्यमन्त्रीलाई विश्वासको मत नदिन व्हीप जारी गरेकी हुन ।

पत्रमा नाउपाबाट निर्वाचित प्रदेश सभामा निर्वाचित सदस्यहरुलाई मुख्यमन्त्री कमल बहादुर शाहले लिन लागेको विश्वासको मतको विपक्षमा मतदान गर्न निर्देशन दिइएको छ ।

हाल नागरिक उन्मुक्ति पार्टीका ५ जना सांसद शाह नेतृत्वको सरकारमा नै सामेल छन् । सुदूरपश्चिमका मुख्यमन्त्री शाहले चैत्र २२ गते विश्वासको मत लिने कार्यतालिका रहेको छ ।

अध्यक्ष श्रेष्ठद्धारा जारी पत्रमा पार्टी संसदीय दलको विधान नभएकाले पार्टीको महत्वपूर्ण निर्णयमा ह्वीप लगाउने अधिकार केन्द्रीय अध्यक्षलाई रहेको दाबी गरिएको छ ।

amazed

Leave a Reply

Your email address will not be published. Required fields are marked *