जानकीमा मृत भेटिएका पुरुषको पहिचान खुल्यो

शेयेर गर्नुहोस

टीकापुर । कैलालीको जानकीमा मृत भेटिएका पुरुषको पहिचान खुलेको छ ।

लम्की टिकापुर सडक अन्तर्गत जानकी गाउँपालिका–५, पथरैयास्थित कर्णाली क्रेसर नजिक मृत अवस्थामा फेला परेका पुरुष मोहन्याल गाउँपालिका–६ का अन्दाजी ३८ वर्षीय महेन्द्र कुमार विक भएको पुष्टि भएको ईलाका प्रहरी कार्यालय टीकापुरका प्रहरी निरीक्षक (इन्स्पेक्टर) लोकराज अवस्थीले जानकारी दिए ।

मृतक विकको शव बुधबार बिहान ५ बजे स्थानीयले देखेपछि प्रहरीलाई जानकारी दिएका थिए । शवको प्रकृति हेर्दा गाडीले ठक्कर दिएको जस्तो रहेको इन्स्पेक्टर अवस्थीले बताए । उनका अनुसार मृतक कता जाादै थिए र कुन गाडीले ठक्कर दिएको भन्ने पत्ता लागि सकेको छैन । घटनाको थप अनुसन्धान भइरहेको अवस्थीले जानकारी दिए ।

ताजा खबर

amazed