शेयेर गर्नुहोस
काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई टीकापुरको विकासका लागि सात बुँदे ज्ञापनपत्र बुझाइएको छ ।
नागरिक उन्मुक्ति पार्टी अध्यक्ष एवं प्रतिनिधिसभा सदस्य तथा पूर्वमन्त्री रञ्जिता श्रेष्ठ, टीकापुरका मेयर रामलाल डगौरा लगायतले प्रधानमन्त्रीलाई टीकापुरको विकासका लागि आवश्यक पूर्वाधार तयार गरिदिन आग्रह गरेका हुन् । प्रधानमन्त्री निवास बालुवाटारमा टीकापुर नगरपालिकाको गुरुयोजनासहित स्मार्ट सिटी निर्माणको लागि पहल गर्न माग गरिएको छ ।
टीकापुर–५ दौलतपुरस्थित सुदूरपश्चिम र लुम्बिनी प्रदेश जोड्ने कर्णाली नदीमा पक्की पुल निर्माणको लागि पहल गर्न, टीकापुरमा विमानस्थल सञ्चालनका लागि पहल गर्न, बेलुवाबाट भजनी नगरपालिका जोड्ने पथरैया पक्की पुल निर्माणको पनि माग राखिएको छ ।
टीकापुर बसपार्कदेखि पार्क जाने बाटो ढल निकाससहित कालोपत्रे निर्माण, बाहिरी चक्रपथ निर्माण, प्लान्ट क्वारेनटाइन र खाद्य गुणस्तर कार्यालयको पुनस्र्थापना र टीकापुर क्षेत्रमा वाणिज्य कार्यालय र यातायात कार्यालय स्थापनाको पहलका लागि प्रधानमन्त्रीसँग आग्रह गरिएको छ ।















