इद पर्वले राष्ट्रिय एकता र सामाजिक सद्भाव बढाउने विश्वास छ: प्रदेश प्रमुख मियाँ

शेयेर गर्नुहोस

धनगढी । सुदूरपश्चिम प्रदेशका प्रदेश प्रमुख नजिर मियाँले इस्लाम धर्मावलम्बीको महान् पर्व इद (इद–उल–फित्र) ले मुलुकमा दिगो शान्ति सुदृढ राष्ट्रिय एकता र सामाजिक सद्भाव सहित आर्थिक समृद्धिको प्रगतिको टेवा पुग्नेमा विश्वास व्यक्त गरेका छन् ।

आज शुभकामना सन्देश जारी गर्दै इस्लाम धर्मावलम्बीको महान् पर्व इदको अवसरमा स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण नेपाली इस्लाम धर्मावलम्बी दिदीबहिनी तथा दाजुभाइमा सुख, शान्ति र समृद्धिको शुभकामना व्यक्त गरे ।

प्रदेश प्रमुख मियाँले एक–आपसमा रहेको रिस राग बिर्सेर खुसी साटासाट गर्न पनि शुभकामना दिएका छन् ।

‘यस्ता पर्वले विभिन्न जनजाति र समुदायहरूको आफ्नो मौलिक संस्कृति र परम्पराको संरक्षण र विकासमा टेवा पुराउनुका साथै सबै प्रदेशवासीबिच सामाजिक सद्भाव सहिष्णुता र आत्मीयता अभिवृद्धि गर्दै राष्ट्रिय एकतालाई थप सुदृढ बनाउन योगदान पुराउने छ भन्ने विश्वास मैले लिएको छु’ प्रदेश प्रमुखले जारी गरेको शुभकामना सन्देशमा उल्लेख गरिएको छ ।

ताजा खबर

असोज दोस्रो साताभित्र बजेट ल्याउँछौँः मुख्यमन्त्री भट्ट

बेपत्ता भण्डारी टीकापुरमा मृत फेला

सुदूरपश्चिम प्रदेश सभामा आगामी आर्थिक वर्षको बजेटमाथि छलफल

जुवातास खेल्दै गरेको अवस्थामा पाँच जना पक्राउ

amazed

Leave a Reply

Your email address will not be published. Required fields are marked *