कञ्चनपुरमा रुखबाट लडेर एक महिलाको मृत्यु

शेयेर गर्नुहोस

अत्तरिया । कञ्चनपुरमा रुखबाट लडेर एक महिलाको मृत्यु भएको छ । जिल्लाको शुक्लाफाँटा नगरपालिका–१२ बसन्तपुर बस्ने अन्दाजी ६० वर्षीया अहिलादेवी विष्टको बिहीवार बिहान मृत्यु भएको हो ।

प्रहरीका अनुसार उनी हिजो बुधवार दिउँसो आफ्नै घर नजिकको कुसुमको रुखमा घाँस काट्ने क्रममा रुखबाट लडेर गम्भीर घाइते भएकी थिइन् । उनको धनगढीस्थित निसर्ग अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो ।

यस सम्बन्धमा इलाका प्रहरी कार्यालय झलारीले आवश्यक अनुसन्धान भइरहेको जनाएको छ ।

ताजा खबर

कैलाली जिल्लामा एक महिनामा लागूऔषधसहित ५०जना पक्राउ

सोमवार मध्यरातिदेखि मौन अवधि लागू, चुनावी प्रचार निषेध

कैलाली र कञ्चनपुरका बङ्गुरमा अफ्रिकन स्वाइन फिभर पुष्टि

कैलालीका सीमा नाका तीन दिन बन्द गरिने छः प्रशासन

amazed