कैलालीमा चार जना फरार प्रतिवादी पक्राउ

शेयेर गर्नुहोस

धनगढी । कैलालीमा विभिन्न मुद्दाका चार जना फरार प्रतिवादी पक्राउ परेका छन् ।

चेक अनादर मुद्दामा १ हजार जरिवाना ठहर भएका धनगढी उपमहानगरपालिका–१५ का ३३ वर्षीय नरसिंह चौधरी, कुटपिट मुद्दामा ५ हजार जरिवाना ठहर भएका धनगढी उपमहानगरपालिका–१५ का ४५ वर्षीय भानु चौधरी, बहुविवाह मुद्दामा १ वर्ष २ महिना ८ दिन कैद सजाय ठहर भएका घोडाघोडी नगरपालिका–९ का ४१ वर्षीय हरिलाल भण्डारी र लागूऔषध मुद्दामा १ महिना १० दिन कैद सजाय ठहर भएका जानकी गाउँपालिका–६ का २७ वर्षीय ललित कडायत रहेका छन् ।

अदालतबाट दोषी ठहर तर फरार रहेका चारै जनालाई जिल्ला प्रहरी कार्यालय कैलाली तथा मातहत प्रहरी कार्यालयबाट खटिएको प्रहरी टोलीले मंगलबार नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय कैलालीका सूचना अधिकारी कबिन्द्रसिंह बोहराले बताए । दोषी ठहर चारै जनालाई जिल्ला अदालत कैलालीमा उपस्थित गराइएको छ ।

amazed

Leave a Reply

Your email address will not be published. Required fields are marked *