कैलालीमा अवैध सामान नियन्त्रणमा, अटोसहित एक महिला पक्राउ

शेयेर गर्नुहोस

धनगढी । कैलालीबाट प्रहरीले अबैध सामान नियन्त्रणमा लिएको छ।

धनगढी उपमहानगरपालिका–२ ट्राफिक चौराह र भन्सार चोक, धनगढी उपमहानगरपालिका–४ दक्षिणकाली, गोदावरी नगरपालिका–३ चौकीडाँडा र कैलारी गाउँपालिका–३ हुलाकी रोडबाट प्रहरीले अबैध सामान नियन्त्रणमा लिएको हो । दुई लाख ४९ हजार २८५ मुल्यको प्याज, सुर्ती, पान मसला, नरिवल, जिरा, धनीया, बिडी, सरफ, चाट मसला, पास्ता, अचार मसला लगायतका सामान शनिबार प्रहरीले नियन्त्रणमा लिएको हो ।

त्यस्तै धनगढी उपमहानगरपालिका–४ बोराडाडीबाट पनि एक लाख २५ हजार २६० मुल्यको ३५० किलोग्राम प्याज नियन्त्रणमा लिएको हो । त्यसैगरी गोदावरी नगरपालिका–३ की ४० वर्षीया जयन्ती ऐरलाई एक थान अटोसहित शनिबार अस्थायी प्रहरी पोष्ट चटकपुरबाट खटिएको प्रहरी गस्ती टोलीले नियन्त्रणमा लिएको छ।

त्यस्तै जानकी गाउँपालिका–४ मनुवाबाट पनि ४ लाख ९२ हजार मुल्यको २४० किलोग्राम धानको बिउसहित बिउबोकेको एक थान अटो शनिबार इलाका प्रहरी कार्यालय टीकापुरबाट खटिएको प्रहरी गस्ती टोलीले बेवारिसे अबस्थामा फेला पारेर नियन्त्रणमा लिएको छ ।

amazed

Leave a Reply

Your email address will not be published. Required fields are marked *