कञ्चनपुरमा ८ जना जुवाडे पक्राउ

शेयेर गर्नुहोस

धनगढी । कञ्चनपुरमा ८ जना जुवाडे पक्राउ परेका छन् ।

जिल्लाको बेलौरी नगरपालिका–६ हात्तीबोझाका ४६ वर्षीय मण्डी बडायकले सञ्चालन गरेको नास्ता पसलबाट उनीसहित ८ जना पक्राउ परेका हुन् । कोठाभित्र जुवातास खेलिरहेको अबस्थामा सञ्चालकसहित ८ जना जुवाडेलाई शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको हो ।

इलाका प्रहरी कार्यालय बेलौरीबाट खटिएको टोलीले सो नास्ता पसलबाट ११ हजार ५१० रुपैयाँ नगद र ६ गड्डी ताससहित ८ जनालाई नियन्त्रणमा लिएको छ ।

यस सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको प्रदेश प्रहरी कार्यालय धनगढीले जनाएको छ ।

amazed

Leave a Reply

Your email address will not be published. Required fields are marked *