गहुँको नलमा आगो लगाउँदा गोठमा आगलागी

शेयेर गर्नुहोस

धनगढी । गहुँको नलमा आगो लगाउँदा गोठमा आगलागी भएको छ । धनगढी उपमहानगरपालिका–१९ का बुधराम डगौराको गोठमा आगलागी भएको हो ।

सोही ठाउँ बस्ने नारायण दत्त रानाभाटले काटेको गहुँको नलमा लगाएको आगोबाट आगलागी भएको हो ।

आगलागी हुँदा गोठ र गोठ भित्र रहेको युरीया मल, खाद्यान्न, बोरिङ पाईप लगायतका सामन गरी अन्दाजी ५० हजार बराबरको धनमाल जलेर नष्ट भएको प्रहरीले जनाएको छ । प्रहरी र स्थानियको सहयोगमा आगो नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ ।

ताजा खबर

amazed

Leave a Reply

Your email address will not be published. Required fields are marked *