४० लाख बढीको अवैध सामानसहित भारतीय नागरिक पक्राउ

शेयेर गर्नुहोस

धनगढी । कैलालीको धनगढीमा प्रहरीले ४० लाख बढीको अवैध सामानसहित भारतीय नागरिकलाई पक्राउ गरेको छ । सोमबार साँझ धनगढी उपमहानगरपालिका–४ मा हरि ओम हार्डवयर एण्ड सप्लायर्सको गोदाममा छापा हानेर अवैध सामान बरामद गरेको हो ।

कैलालीका प्रमुख प्रहरी उपरीक्षक (एसपी) पदमबहादुर बिष्टले भारतको लखिमपुर पलिया कला खिरी जिल्ला स्थायी घर भएर धनगढी उपमहानगरपालिका–३ मा बस्दै आएका ४४ वर्षीया आशिष गुप्तालाई अवैध सामानसहित पक्राउ गरिएको जानकारी दिए ।

उनकाअनुसार बिशेष सूचनाका आधारमा जिल्ला प्रहरी कार्यालयबाट खटिएको अपराध अनुसन्धान समुहको टोलीले भारतिय नम्बर युपी ३१ टी ७७११ नम्बरको ट्रकमा भन्सार छली चोरी पैठारी गरि ल्याएका हार्डवेयरका सामान, ट्रकसहित गुप्तालाई पक्राउ गरिएको हो ।

जिल्ला प्रहरी कार्यालयका प्रहरी सहायक निरीक्षक (असई) गजेन्द्रबहादुर चन्द नेतृत्वमा खटिएको टोलीले गोदाममा छापा हानेर उक्त अप्रेशन गरेको थियो । प्रहरीले गोदामबाट बरामद गरिएका हार्डवयर र ट्रकको समेत मूल्यांकन गर्दा ४० लाख चार हजार रुपैयाँ भएको जनाएको छ । बरामद गरिएको ट्रक, सामान र गुप्तालाई आवश्यक कारवाहीका लागि कैलाली भन्सार कार्यालयमा बुझाईको छ ।

ताजा खबर

कैलाली जिल्लामा एक महिनामा लागूऔषधसहित ५०जना पक्राउ

सोमवार मध्यरातिदेखि मौन अवधि लागू, चुनावी प्रचार निषेध

कैलाली र कञ्चनपुरका बङ्गुरमा अफ्रिकन स्वाइन फिभर पुष्टि

कैलालीका सीमा नाका तीन दिन बन्द गरिने छः प्रशासन

amazed

Leave a Reply

Your email address will not be published. Required fields are marked *