शेयेर गर्नुहोस
धनगढी । कञ्चनपुरमा आगलागी हुँदा ३ वटा बाख्रा जलेका छन । शुक्रबार शुक्लाफाँटा नगरपालिका–७ जुडाका जय देब ठगुन्नाको कच्ची घरमा आगलागी हुुँदा ३ वटा बाख्राको जलेर मृत्यु भएको हो ।
आगलागीबाट घरभित्र रहेका नगद, खाद्यान्न, लत्ताकपडा,भाडा बर्तन लगायतका सामानहरु जलेर २५ लाख बराबरको क्षती भएको सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय जनाएको छ ।
आगलागी स्थानिय, प्रहरी, सशस्त्र प्रहरी र दमकलको सहयोगमा नियन्त्रणमा लिईएको थियो ।















