शेयेर गर्नुहोस
धनगढी । कैलालीमा मोटरसाईकलको ठक्करबाट एक बालकको मृत्यु भएको छ । मोटरसाईकलले पैदलयात्री कैलालीको गौरीगंगा नगरपालिका–१ का लालबहादुर बोहराको छोरा अन्दाजी ९ वर्षीय युबराज बोहरालाई ठक्कर दिँदा मृत्यु भएको हो ।
गौरीगंगा नगरपालिका–१ गोप्कास्थित बाँकको नेपालगंज उपमहानगरपालिका–७ का २६ वर्षीय शैलेन्द्र श्रेष्टले चलाएको बा.प्र. ०२–०२८ प ४४६० नम्बरको मोटरसाईकलले मंगलवार दिउँसो ठक्कर दिँदा बालक गम्भिर घाईते भएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ ।
घाईते भएका बालकको उपचारको क्रममा माया मेट्रो अस्पताल धनगढीमा मृत्यु भएको प्रहरीले बताएको हो । मोटरसाईकल र चालकलाई प्रहरीले नियन्त्रणमा लिई यस सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको छ ।















