शेयेर गर्नुहोस
धनगढी । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री दीर्घबहादुर सोडारीले भोलि (बिहिबार) विश्वासको मत लिँदैछन् ।
मुख्यमन्त्रीमा समर्थन गरेको नेकपा (एमाले), माओवादी केन्द्र, नागरिक उन्मुक्ति पार्टीका दुई सांसद र एक जना स्वतन्त्र सांसदले विश्वासको मत दिनेछन् । नागरिक उन्मुक्ति पार्टीका संरक्षक रेशमलाल चौधरी पक्षीय पाँच सांसदले भने मुख्यमन्त्री सोडारीलाई विश्वासको मत दिने छैनन् । यस अघिसम्म एमाले विश्वासको मत दिन तयार नभएपछि दुई पटकसम्म प्रदेश सभा बैठक स्थगित गरिएको थियो ।
बैशाख २१ र २२ गते प्रदेश सभा बैठक आह्वान गरिए पनि एमाले तयार नभएपछि तेस्रो पटक जेठ ३ गते विश्वासको मत लिन बैठक आह्वान गरिएको छ।















