कैलालीमा प्रहरीको हिरासतमा बेहोस भएका एक युवकको मृत्यु

शेयेर गर्नुहोस

धनगढी । कैलालीमा जिल्ला प्रहरी कार्यालयकोे हिरासतमा रहेका एक युवकको मृत्यु भएको छ ।

भन्सार छलीका सामानसहित तीन गते पक्राउ परेका धनगढी उपमहानगरपालिका–८ का ३५ वर्षीय धनगढी गाउँका बुद्धीराम चौधरीको मृत्यु भएको हो । प्रहरीका अनुसार प्रहरी हिरासतमा बेहोस भएर ढलेका चौधरीको उपचारका क्रममा सेती प्रादेशिक अस्पतालमा मृत्यु भएको हो ।

जिल्ला प्रहरी कार्यालय कैलालीका डीएसपी कविन्द्र बोहराका अनुसार चौधरी ३ गते भन्सार छलीका सामानसहित पक्राउ परेका थिए । उनी मदिरा धेरै सेवन गर्ने गरेको बुझिएको छ । आज (आइतबार) विहान उनको मृत्यु भएको हो ।

amazed