भानु पुस्तकालयको आयोजनामा कार्यक्रम सम्पन्न

शेयेर गर्नुहोस

मानवहादुर ठकुल्ला
टीकापुर । कैलालीको टीकापुर नगरपालिका वडा न ७ सत्तीमा अन्तर्राष्ट्रिय युवा दिवश २०७७ को अवसरमा विश्वव्यापी कार्यको लागि युवाको संलग्नता बिषयक अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ ।
भानु सामुदायिक पुस्तकालय तथा श्रोत केन्द्रका अध्यक्ष देबेन्द्र ढुङ्गानाको अध्यक्षतामा भएको कार्यक्रममा टीकापुर नगरपालिका वडा नम्बर ७ का वडाअध्यक्ष रामलाल डगौरा थारु प्रमुखअतिथि रहनुभएको थियो ।
उक्त पुस्तकालय तथा श्रोत केन्द्रका उपाध्यक्ष पशुपति कर्णले स्वागत गर्नुभएको थियो । अन्तर्राष्ट्रिय युवा दिवशको अवसरमा पुस्कालयले आफ्ना कार्यक्रममा संलग्न भई विभिन्न खालका स्वरोजगार भई व्यापार व्यवसाय गर्दै आएका र सामाजिक काममा लागेका युवाहरुलाई सम्मान गरिएको थियो ।
उक्त कार्यक्रममा धन बहादुर चौधरी, भिम बहादुर चौधरी, राजकुमार चौधरी, अर्जुन चौधरी, अन्जना शाह, सुदिप बिक लगायत अन्य युवाहरुलाई सम्मान गरिएको थियो भने अर्जुन चौधरी, सुदिप बिक, अन्जना शाह, पत्रकार भिम विकले आफ्ना धारणा राख्नु भएको थियो । कार्यक्रमको संचालन पुस्कालयका सचिव मनिराम ढुङ्गानाले गर्नुभएको थियो ।

ताजा खबर

जुवातास खेल्दै गरेको अवस्थामा पाँच जना पक्राउ

डोटीका बासिन्दा भरुवा बन्दुक सहित पक्राउ

कैलालीमा भारतीय तस्कर गुप्ता पक्राउ, साढे २ लाखको डिजेल बरामद

बर्दियाका युवक लागूऔषधसहित कैलालीको टीकापुरबाट पक्राउ

amazed